कांग्रेस नेता तथा पूर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई भ्रष्टाचार मुद्दामा दोषि ठहर गर्दै सर्वोच्चद्बारा जेल चलानको फैसला

काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार कांग्रेस नेता तथा पूर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई भ्रष्टाचार मुद्दामा दोषि ठहर गर्दै सर्वोच्च अदालतले बुधबार जेल चलानको फैसला सुनाएको छ ।

प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र बरिष्ठ न्यायाधीश खिलराज रेग्मीको इजलासले वाग्लेलाई डेढ वर्ष कैद, २ करोड ३ लाख जरिवाना र २ करोड ३ लाख बिगो असुल गर्न फैसला गरेको हो ।

पटक-पटक मन्त्री भएका वाग्लेले पदमा रहँदा भ्रष्ट्राचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ वर्षअघि मुद्दा दायर गरेको थियो । विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि उनी सर्वोच्च गएका थिए ।

सर्वोच्चको फैसला अन्तिम भएकाले वाग्ले जेल बस्नैपर्ने हुन्छ ।