माओवादी पुष्पकमल दाहाल सिंगापुरमा

काठमाडौ  – थाहा भए अनुसार  माओवादी अध्यक्ष पुष्पकमल दाहाल अचानक सिंगापुर गएका छन् । एसिया प्यासिफिक फाउण्डेसनले गर्न लागेको अन्तरक्रियामा सहभागी हुन उनी सिंगापुर तर्फ गएको  माओवादी केन्द्रीय कार्यलयले बताएको छ । तीन दिने भ्रमणका लागि दाहाल बुधबार सवा एक बजे सिल्क एयरबाट एक्लै सिंगापुर तर्फ लागेका छन् ।

भारतीय संस्थापनले लोकतान्त्रीक निर्माणको प्रचार स्वरुप नेपालका विभिन्न दलको नेतालाई बोलाउन थालेपछि त्यसको जवाफ दिन तयारी स्वरुप अध्यक्ष दाहाल सिंगापुर गएको स्रोतले जनाएको छ । उनले त्यहाँ नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण , लगायतका विषयमा बोल्ने कार्यक्रम छ । यस्तै कार्यक्रममा दक्षिण एसियाको  राजनीतिक लगायतका विषयमा पनि छलफल गरिनेछ । 

दाहालको सिंगापुर बसाईका क्रममा  उत्तरी छिमेकी मुलुकका केही वरिष्ठ अधिकारी सहित भारतीय संस्थापन पक्षका आलोचक प्राध्यापक एसडी मुनी लगायतसँग पनि भेट गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ । यसअघि पनि सरकारका लागि जोड घटाउ चलिरहेका बेला अध्यक्ष दाहाल विदेश विभाग प्रमुख कृष्णबहादुर महरा सहित सिंगापुर गएका थिए ।