एमालेद्वारा झलनाथ खनाल नेतृत्वको सरकारलाई नै राष्ट्रिय सरकारको रुप दिन पहल गर्ने

काठमाडौं – थाहा भए अनुसार एमालेले झलनाथ खनाल नेतृत्वको सरकारलाई नै राष्ट्रिय सरकारको रुप दिन पहल गर्ने भएको छ।

 

बिहीबार पार्टी मुख्यालय, बल्खुमा बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो। यो पहललाई सार्थक रुप दिनका लागि उसले अन्य दलसँग वार्ता गर्ने पनि जनाएको छ।

 

यसरी सबै दलसँग वार्ता गर्नका लागि पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधान मन्त्री माधवकुमार नेपालको संयोजकत्वमा वार्ता टोली बनाउने निर्णय पनि बैठकले गरेको छ।