माओवादीद्बारा यसपालिको होलीले शान्ति, जनताको संविधान र स्वाधीनताका पक्षमा गोलबद्ध हुन सम्पूर्ण नेपालीलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना

काठमाडौं – माओवादीले यसपालिको होलीले शान्ति, जनताको संविधान र स्वाधीनताका पक्षमा गोलबद्ध हुन सम्पूर्ण नेपालीलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेको छ। माओवादी प्रवक्ता दीनानाथ शर्माद्वारा जारी होली सन्देशमा यस्तो कामना गरिएको हो।

 

हिउँदयाम सकिएर गर्मीयामको सुरुआतीसँगै नेपाल एवम् छिमेकी मुलुकहरूमा समेत विशेषगरी हिन्दूहरूले र समान्यतः सबैजसो सम्प्रदायले परापूर्वकालदेखि बर्सेनी मनाउँदै आएको होली पर्वको शुभअवसरमा एकीकृत ने.क.पा.(माओवादी) को तर्फबाट सम्पूर्ण जनमसुदायमा होलीका रङ्गहरूले सुख र शान्ति छरून् भन्ने सन्देस सम्प्रेषण गर्न चाहन्छौं- विज्ञप्तिमा भनिएको छ।

होलीको बारेमा धेरै मिथक छन्