जबरजस्ती लोला प्रहार गर्ने, विभिन्न किसिमको रंग प्रयोग गरी हो-हल्ला गरी हिँड्ने २ सय ८१ जनालाई पक्राउ

Click on the slide!

 

काठमाडौं – शनिबार होली पर्वमा बाटो हिँडेने बटुवालाई जबरजस्ती लोला प्रहार गर्ने, विभिन्न किसिमको रंग प्रयोग गरी हो-हल्ला गरी हिँड्ने २ सय ८१ जनालाई प्रहरीले पक्राउ गरेको छ।

 

मोटरसाइकल तिब्र गतीमा चलाइरहेका ६४ थान मोटर साइकल नियन्त्रणमा लिइएको महानगरीय प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिएका व्यक्तिहरुमध्ये ६७ जना १६ वर्ष मुनिका नाबालकहरु रहेको हुँदा निजहरुलाई सम्बन्धित अविभावकको जिम्मामा छाडेको छ। अन्य नियन्त्रणमा लिइएका २ सय १४ जना प्रहरी नियन्त्रणमा रहेको छ।