भक्तपुर – यही चैत १० गतेदेखि सुरु हुने २०६७ सालको प्रवेशिका परीक्षा सञ्चालन गर्न आवश्यक सबै तयारी पूरा भइसकेको परीक्षा नियन्त्रक सूर्य गौतमले बताए ।
यसपालीको परीक्षामा देशभरीमा पाँच लाख पाँचजना परीक्षार्थी सामेल हुनेछन् । परीक्षा सञ्चालनका लागि देशभरिमा एक हजार ६७५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षालाई मर्यादित बनाउन एक हजार ६७५ जना केन्द्राध्यक्ष नियुक्ति गरिसकेको र २५ परीक्षार्थी बराबर एकजना परीक्षा निरीक्षकसमेत तोकिएको छ ।
यसपटक नेपालमै जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छापेर जिल्ला



