पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको प्रथम वार्षिक तिथिमा कांग्रेसद्बारा मुलुकभर श्रद्धान्जली सभा

काठमाडौ – पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको प्रथम वार्षिक तिथिमा कांग्रेसले सोमबार मुलुकभर श्रद्धान्जली सभा आयोजना गरेको छ । तत्कालीन माओवादीलाई एक दशक लामो शसस्त्र युद्धबाट शान्ति प्रक्रियामा अवतरण गराउने श्रेय पाएका कोइरालाको सम्झनामा ७५ वटै जिल्लामा हुने सभाका लागि कांग्रेसले सबै जिल्ल्मा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

कोइरालाको अवसानपछि शान्ति प्रक्रियाले अपेक्षाकृत गतिलिन नसकेको चर्चा चलिरहेको बेला कांग्रेसले चाडै शान्ति प्रक्रियालाई निष्कर्षमा पुरयाउने कार्ययोजना सार्वजनिक गर्ने भएको छ । कोइरालाको गत वर्ष चैत ७ गते निधन भएको थियो ।