टाइगरटप्स होटल गोलीकाण्डका झगडिया पूर्वयुवराज पारस शाह र रुवेल चौधरी चितवन जिल्ला प्रशासनमा उपस्थित


 

भरतपुर – थाहा भए अनुसार चितवन निकुञ्ज भित्रको टाइगरटप्स होटल गोलीकाण्डका झगडिया पूर्वयुवराज पारस शाह र रुवेल चौधरी मंगलबार जिल्ला प्रशासन उपस्थित हुने भएका छन् ।

 

यस अघिको वकपत्रका बेला अनुपस्थित रुवेल मंगलबार बयान दिन सोमबार साँझै यहाँ आइपुगेका छन् । शाह मंगलबार मध्यान्ह आउने उनका वकिलले बताएका छन् ।

 

साँझ आएका  चौधरी ग्लोबल होटलमा बसेका छन् । उनले एक दिन अघिनै होटलका ७ वटा कोठा वुकिड गरेका थिए । मंगलबार उनले प्रजिअ समक्ष सरकारका तर्फवाट वकपत्र गर्ने छन् । सरकारवादी मुद्दा भएकले चैत्र २ गते प्रजिअ गौतमको एकल इजलासले छिनोफानोका लागि मुद्दाका वादी चैधरीलाई झिकाउन जिल्ला प्रहरीलाई आदेश गरेको थियो ।

 

मंसिर २५ गते चितवनको मेघौलीस्थित टाइगरटप्स होटलमा रुवेललाई लक्षित गरेर गोली पडकाएको र सार्वजनिक स्थानमा होहल्ला गरेको अभियोगमा पक्राउ परेका पूर्वयुवराज शाहलाई केहि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाइको थियो ।

 

मुद्दाको विषयलाई लिएर प्रजिअले मंसिर २९ गते रुवेललाई झिकाउन आदेश दिएका थिए । त्यसबेला अनुपस्थित भएपछि शाहालाई पौस १ गते तारेखमा १० हजार धरौटीमा रिहा गरिएको थियो । चौधरीले मंगलबार सरकारको साक्षीका रुपमा वकपत्र गर्ने छन् । उनको पक्षमा सरकारी वकिल कार्यालयका गिताप्रसाद तिमल्सिना र भिमप्रसाद भूर्तेलले वकालत गर्ने छन् । प्रतिवादी वकिलले घटनाको जिरह गर्ने शाहका अधिवक्ता शिव बहादुर पाण्डेले बताए ।

 

यस अघि साहको पक्षमा चितवनका शिववहादुर पाण्डे, बद्री गौतम, चुडामणि सापकोटा, राजधानीका गणेश केसि, श्रीप्रसाद पण्डित, विष्णु भटट्राई, हिरा रेग्मी लगायले बहस गरेका थिए । शाहको मुद्दाको सम्बन्धमा गत फागुन १९ गते भएको बकपत्रमा सरकारी साक्षीले बयान फेरेका थिए ।

 

चैत २ मा मुद्दा टुङगो लगाउन भएको बहसमा साक्षी चौधरीलाई समेत झिकाउनुपर्ने साहका वकिलले माग गरेपछि फैसला हुन सकेको थिएन । काग्रेस नेता सुजाता कोइरालाका छोरी ज्वाई चौधरी यस अघिको वकपत्रमा आएका थिएन ।

एक पटक मुद्दाका बादी उपस्थित नभए फेरि मौका दिने प्रचलन अनुसार चौधरीलाई झिकाउने आदेश भएको थियो ।