सुजाता कोइरालाका ज्वाईं बङ्गलादेशी नागरिक रुबेल चौधरीद्बारा पूर्व युवराजविरुद्ध आफूले बयान नफेरेको दाबी

काठमाडौ। प्राप्त समाचार अनुसार पूर्व युवराज पारस शाहविरुद्धको मुद्दामा बयान दिइरहेका नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाका ज्वाईं बङ्गलादेशी नागरिक रुबेल चौधरीले आफूले बयान नफेरेको दाबी गरेका छन् ।


थाहा भए अनुसार  उनले चितवन जिल्ला प्रशासनमा वयान दिएर काठमाडौं आई मंगलबार साँझ ६ बजे रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरी यस्तो दाबी गरेका हुन् ।


चितवनको टाइगर्स टप्स होटलमा केही महिनाअघि शाह र चौधरीबीच भएको झगडामा ज्यानमार्ने धम्की दिंदा पारसको हातमा पेस्तोल रहेको र उनले बाहिर आएर गोली हानेको रुवेलले दोहो-याए ।


तर, सो पेस्तोल आफूतिर लक्षित भएको हुनसक्ने आफ्नो अनुमान मात्र रहेको रुवेलको भनाइ थियो ।


पारससँग त्यसअघि आप्mनो कुनै दुश्मनी नभएको बताउँदै उनले भने