माओवादी बाबुराम भट्टराई सिंगापुरमा

काठमाडौं – थाहा भए अनुसार  एकीकृत माओवादी उपाध्यक्ष बाबुराम भट्टराई बिहीबार सिंगापुर प्रस्थान गरेका छन्। त्यहाँ आयोजना हुने एक अन्तर्क्रियामा सहभागी हुन भट्टराई दिउँसो प्रस्थान गरेका हुन्।

 

सिंगापुरको नेसनल विश्वविद्यालयले आयोजना गरेको ‘नेपालको द्वन्द्वपछिको पुनर्संरचना, चुनौती र सम्भावना’ विषयक अन्तर्क्रियामा भट्टराई सहभागी हुने छन्। उनले त्यहाँ लिखित भाषण राख्नेछन्।


अन्तर्क्रियामा दक्षिण र पूर्वी एशियाका प्राध्यापक र विद्यार्थी सहभागी हुनेछन्। एक साताअघि अध्यक्ष पुष्पकमल दाहाल एसिया प्यासिफिक एक्सेन्ज फाउन्डेसनको कार्यक्रममा सहभागी हुन सिंगापुर गएका थिए।