प्रधानमन्त्री खनाल, माओवादी दाहाल र फोरम उपेन्द्रबीच भएको ४ बुँदे सहमतिले राष्ट्र टुक्रयाउने सम्भावना देखिएको भन्दै त्यसप्रति तीब्र बिरोध

काठमाडौं – प्राप्त समाचार अनुसार जनमोर्चा नेपालले चैत ९ गते प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवबीच भएको ४ बुँदे सहमतिले राष्ट्र टुक्रयाउने सम्भावना देखिएको भन्दै त्यसप्रति तीब्र बिरोध जनाएको छ।

 

उसले सम्झौताप्रति आफ्नो पार्टीको गम्भीर ध्यान आकर्षण भएको पनि जनाएको छ। २०६४ फागुन १६ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको ८ बुँदे सम्झौता नेपालको राष्ट्रिय हितविपरित भएकाले त्यसको तीब्र विरोध भइरहेको अवस्थामा अहिले भएको त्यसैको निरन्तरतासँगै