एसएलसीमा चिट चोराउने क्रममा पक्राउ परेकालाई छुटाउन दैलेखको गैडामाझस्थित प्रहरी चौकीमा आक्रमण, तीन प्रहरी र दुई सर्वसाधारण घाइते


 

दैलेखको रानीवनस्थित गैडामाझ प्रहरी चौकीमा स्थानीयवासीको एक समूहले आक्रमण गरेको छ। एसएलसीमा चीट चोराउने क्रममा पक्राउ परेका दुई जनालाई रिहा गर्नुपर्ने भन्दै सो समूहले प्रहरी चौकीमा आक्रमण गरेको हो।

 

आक्रमणमा परी तीन जना प्रहरीसहित पाँच जना घाइते भएका छन्। आक्रमणकारीले चीट चोराउने क्रममा पक्राउ परेका दुबै जनालाई जवर्जस्ती छुटाएर लगेका छन्।