काठमाडौँ । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा. बाबुराम भट्टराईले सेना समायोजनसम्बन्धी मुद्दा ठीक ढङ्गले टुङ्गो लाग्न नसके त्यही बिन्दुबाट शान्तिप्रक्रिया भङ्ग हुने खतरा औँल्याउँदै शान्ति र संविधानका लागि संसदीय लोकतन्त्रवादी र माओवादीबीच सहमति हुनुपर्ने बताउनुभएको छ ।
सिङ्गापुर भ्रमणमा रहनुभएका भट्टराईले शुक्रबार नेसनल युनिभर्सिटी अफ सिङ्गापुरको दक्षिण एसिया अध्ययन प्रतिष्ठानमा ‘नेपालको द्वन्द्वोत्तर पुनर्संरचनाः चुनौती र सम्भावना’ विषयमा सो धारणा व्यक्त गर्नुभएको हो । डा. भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार उहाँले विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानले माओवादी जनमुक्ति सेनालाई नेपाली सेनाकै समकक्षमा राखेर नयाँ नेपाली राज्यको वैधानिक सुरक्षा बलको रूपमा मान्यता दिएको बताउँदै उहाँले समायोजनको लागि आ



