संविधान सभाको थपिएको म्याद सकिन बाँकि रहेको दुई महिनामा संविधान घोषणाको निम्ति तय गरिएका सबै प्रक्रियाहरु पूरा गर्न अब नसकिने संकेत

संविधान सभाको थपिएको म्याद सकिन बाँकि रहेको दुई महिनामा संविधान घोषणाको निम्ति तय गरिएका सबै प्रक्रियाहरु पूरा गर्न अब नसकिने संकेत अधिकारीहरुले दिएका छन्।


तर संविधानका आधारभूत कुराहरुमा रहेका विवादहरुलाई दलहरुले समाधान गरेमा चाहीं उक्त प्राविधिक कमजोरीले कुनै असर नपर्ने संवैधानिक समितिका प्रमुखले जनाएका छन्।


संविधानसभाको सबभन्दा ठूलो दल माओवादीका अध्यक्ष तथा विवाद समाधान गर्न संवैधानिक समितिले गठन गरेको उपसमितिका प्रमुख पुष्पकमल दाहाल प्रचण्डले शनिबार राजधानीमा एउटा सार्वजनिक कार्यक्रममा दुई महिनाभित्र संविधान लेख्न सम्भव छ भने।


तर उनले देखाएको यस्तो उत्साहमा धेरैलाई अझै विश्वास छैन।


किनभने दुई महिना बाँकि रहेको समयसम्मपनि नयाँ संविधानका सबभन्दा जटिल ठानिएका मुद्दाहरुमाथिका विवाद ज्यूँ का त्यूँ छन्।


कस्तो सरकारी शासन हुने; प्रधानमन्त्रीय हुने कि राष्ट्रपतिय हुने; कति राज्य भएका कस्तो देश हुने र कस्तो निर्वाचन प्रणाली अपनाइने भन्नेजस्ता आधारभूत कुराहरु अझै विवादित नै छन्।


अधिकारीहरुका अनुसार राज्य पुनर्संरचनाका विषयमा करीब ७८ वटा विवाद रहेका छन् भने अरु विषयमा ३० वटा विवाद बाँकि छन्।


ती समाधान नभइकन अन्य प्रक्रिया शुरु हुन नसक्ने अधिकारीहरुको भनाई छ।


संविधानसभा सचिवालयका कानुनी सल्लाहकार टेकप्रसाद ढुंगानाले भने,