काठमाडौं – भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं कांग्रेस नेता खुमबहादुर खड्कालाई १५ दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चले उनको सम्पत्ति विवरण चित्तबुझ्दो नभएको ठहर गरेको छ ।
प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र सुशीला कार्कीको संयुक्त इजलासले आइतबार खड्कालाई १५ दिनभित्र सर्वोच्चमा उपस्थित हुन आदेश दिएको हो । खड्काले ४ करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोग छ ।
विशेष अदालतबाट हारेका वा जितेका मुद्दाहरुमा सर्वोच्चमा सुनुवाई तीब्र भएको छ । यसैक्रममा भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्चकै आदेश अनुसार पूर्वमन्त्री चिरञ्जीवी वाग्ले अहिले जेलमा छन् ।
पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर जबरा र पूर्वमन्त्री गोविन्दराज जोसीलाई सर्वोच्चमा उपस्थित हुन आदेश दिइएको छ ।



