बुटवलको मिलनचोकमा बम विस्फोट,बम विष्फोटमा दुई दर्जन घाईते ४ को अवस्था गम्भीर, बेथरीमा ववारिसे बम भेटियो

-सिपी खनाल – बुटवल सहयोगी


 

अखाँटा यूएई डेस्क) – बुटवलको मिलनचोकमा साँझ ६ बजे माईक्रोबसमा अज्ञात समुहले  बम विष्फोट गराउदा करिव दुर्जन घाईते भएका छन् भने ४ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

आज साँझ भैरहवाबाट आउदै गरेको लु १ ख ३६६६ नम्बरको बस बुटवलको मिलनचोक स्थित पशिमान्चल फाईनान्स अगाडि विष्फोट भएको हो।


भैरहवाबाट आउदै गरेको बस फाईनान्स अगाडि यात्रु ओराल्नेक्रममा विष्फोट भएको बताईएको छ ।
 
शुरुमा टायर पड्केको हो की भन्ने शंका गरिएपनि केहिबेरमै बसमा आगो लगोको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । बसको आगो दमकल र क्रेनको प्रयोगले नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ । बम विष्फोटपछि केहिबेर सडक अबरुद्ध भएको थियो भने अहिले एकतर्फि गाडि चलेको छ ।


प्रहरीले बुटवलमा सुरक्षा चेकलाई तिव्रता दिएको छ । बुटवलको राजमार्ग चौराहामा कडा सुरक्षाका वीचमा चेकजाँच गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बम गाडिको पछाडि राखिएको अवस्थामा भएको हुन सक्ने अनुमान गरिएको छ।
 
अचेत अवस्था हुनु पुर्वनै बसका सहचालक कमल वेलवासेले जनाए अनुसार बसभित्रै बम विष्फोट भएको हो।विष्फोट पश्चात गाडि छतविछद अवस्थामा रहेको छ ।  घाईतेहरुलाई लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगिएको प्रहरीले जनाएको छ।घटनास्थलमा प्रहरी स्थानियहरुको भिड लागेको छ।


केहिदिन यता गुडिरहेकै बसमा बम विष्फोट गराउनेक्रम बढेपछि सर्वसाधरण त्रसित भएका छन् ।


यस्तै रुपन्देहीको भैरहवा लुम्बिनी सडकखण्डको गोनाहा ४ बेथरी भन्दा उत्तरपट्टि प्लाष्टिकको बोरामा बेरेर राखिएको बेवारिसे बम फेला परेको छ । बेवारिसे बम बुटवलबाट गएको नेपाली सेनाले निस्क्रिय पारेको छ । बम राखिएको स्थानमा जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीको पर्चा फेला परेको जनाएको छ ।


पछिल्लो जानकारी अनुसार: बिष्फोटबाट घाईतेहुनेहरुमा

 

सिरुङ्गा गुल्मीका अर्जुन कंडेल,

शंकरनगर