भक्तपुर – भक्तपुरमा माओबादी मजदुर संगठन बीच सोमबार कुटाकुट हुँदा तीन जना घाइते भएका छन् । पुष्पकमल दाहाल र मोहन बैद्य निकट मानिएका मजदुर बीच कुटाकुट भएको माओवादी स्रोतले जनाएको छ ।
कुटपिटबाट बैद्य निकट मानिएका राजकुमार तिमल्सिना, सुन्दर श्रेष्ठ, देवराज गुरुङ घाइते भएका छन् । उनीहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते तिमल्सिनाले ओम वाग्ले, सानु कान्छा आले सहितको सय भन्दा बढी व्यक्तिले कुटपिट गरेको आरोप लगाए ।



