तराई क्षेत्रमा भएका श्रृंखलाबद्ध बम बिस्फोटनका घटना सँगै महोत्तरीमा अज्ञात समूहद्वारा गाविस सचिवमाथि गोली प्रहार

– महोत्तरीका एक गाविस सचिवलाई अज्ञात समूहले गोली हानी फरार भएको छ। गाविस सचिव हकहित संरक्षण मञ्चका महोत्तरी अध्यक्ष समेत रहेका पिगौना -२ का ५२ वर्षीय शिवराम पाण्डेको पेटमा गोली लागेको छ। जनकपुर अञ्चल अस्पतालमा उपचारार्थ उनको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले जनाए।

 

जलेश्वर, महोत्तरी – महोत्तरीको बलवा गाविसका सचिव शिवराम पाण्डेलाई अपरिचित समूहले सोमबार साँझ साढे ५ बजे गोली प्रहार गरेको छ ।

गाविस सचिव हकहित संरक्षण केन्द्र तथा नेपाल मधेस निजामति कर्मचारी मञ्चका महोत्तरी अध्यक्षसमेत रहेका पाण्डेलाई साइकलमा सदरमुकाम महोत्तरीबाट पिगौना- २ स्थित घरतर्फ आउँदै गर्दा गोली प्रहार भएको हो ।

भारतीय नम्बर प्लेटको रातो पल्सर मोटरसाइकल चढेर आएको समूहले गोली हानेको एसपी सञ्जयकुमार शर्माले जानकारी दिए । पेटमा गोली लागेका उनलाई उपचारार्थ जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको छ ।

पाण्डे खतरामुक्त रहेको शर्माले बताए । घटनालगत्तै अपराधी लुक्ने सम्भावित क्षेत्रमा खोजी तीब्र पारिएको एसपी शर्माले जानकारी दिए ।

चन्दा नदिएको भन्दै दुई वर्षअघि पनि सशस्त्र समूहले पाण्डेको घरमा बम विष्फोट गराएको थियो ।