अर्थ सचिव रामेश्वर खनाललाई राजीनामा गर्न वाध्य पारिएको भन्दै अर्थ मन्त्रालयका कर्मचारीहरुले विरोधमा उत्रिएका छन्।
नेपाल निजामति कर्मचारी युनियन अर्थ विभागीय कार्य समितिले आज उपत्याकामा २ घन्टा र उपत्यका बाहिरका कार्यालयमा कार्यरत कर्मचारीहरुले आज दिनभरि नै काम बन्द गरेका छन्। राजीनामाको यथार्थ जानकारी गराउनुपर्ने माग गर्दै यदि बध्य गराईएको देखि भोलिबाट थप संघर्षका कर्यक्रम गर्ने समितिले जनाएको छ।
यसैबीच नक्कली भ्याट बिल छानबिन गरिरहेका अर्थ सचिव रामेश्वर खनालको राजीनामा प्रकरणबारे जानकारी लिन अर्थमन्त्री भरतमोहन अधिकारीलाई व्यवस्थापिका सार्वजनिक लेखा समितिले बोलाएको छ। समितिले र्थमन्त्री अधिकारीसहित मुख्य सचिव माधवप्रसाद घिमिरे र राजश्व सचिव कृष्णहरि बाँस्कोटालाई बिहीबार बिहान ८ बजे बोलाएको छ।



