केही दिन यता तराइका बिभिन्न जिल्लाहरुमा लगातार बम बिस्फोटन भएका छन। यस्लाई सरकारले राजनितिक समंक्षणमा भएको मुल्याकन गरेको छ।यि तस्विर गत सोमबार बुटवलको मिलनचोकमा गुडीरहेको माइक्रो बसमा भएको बम विस्फोट पछीका हुन। बम विष्फोटमा दुई दर्जन घाईते भएका थिए भने एक जनाको यस् अघी नै म्रुत्यु भएको छ।साँझ भैरहवाबाट बुटवल आउदै गरेको लु १ ख ३६६६ नम्बरको बस बुटवलको मिलनचोक स्थित पशिमान्चल फाईनान्स अगाडि विष्फोट भएको थियो। तस्विरहरु: खिमानान्द भट्टराई, बुटवल
काठमाडौं – सार्वजनिक यातायात बम विष्फोटमा मृत्यु भएका व्यक्तिको परिवारलाई सरकारले क्षतिपूर्ति दिने भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विष्फोटमा घाइते भएकाहरुको उपचार खर्च सरकारले व्यहोर्नेसमेत निर्णय गरेको छ ।
चार दिन लगातार भएका विष्फोटमा एक जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । रौतहट, बाँके, बुटवल र काभ्रेमा शुक्रबारदेखि लगातार चार दिन सार्वजनिक यातायातमा विष्फोट गराइएको थियो ।