माओवादीले हडतालका सन्दर्भमा मजदुर र उद्यमीबीच वार्ताका लागि पहल गर्ने

काठमाडौं – प्राप्त समाचार अनुसार माओवादीले केही दिनयता मजदुरहरूको हडतालका सन्दर्भमा मजदुर र उद्यमीबीच समस्या उत्पन्न हुन जाँदा त्यसबाट औद्योगिक क्षेत्रमा गम्भीर असर पर्न गएको बताएको छ।


स्थायी समिति बैठकले यो समस्या तत्काल समाधान गर्न मजदुर र उद्यमीबीच वार्ताका लागि सम्बन्धित मन्त्रालयमार्फत् पहल गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।

 

माओवादी प्रवक्ता दीनानाथ शर्माले निकालेका विज्ञप्तिको पूर्ण पाठ-


हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी) को स्थायी समितिको आज मिति २०६७ चैत १७ गते अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा पुनः बसेको वैठकले गरेका निम्न निर्णयहरू सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ  :

१) उर्जा संकटबारे पार्टीको अवधारणा स्पष्ट पार्न आजै ४ : ३० बजे पत्रकार सम्मेलन गर्ने।

२) केही दिनयता मजदुरहरूको हडतालका सन्दर्भमा मजदुर र उद्यमीहरूबीच समस्या उत्पन्न हुन जा