नेपाललाई अमेरिकी सहयोग सधैं जारी रहने राजदुत स्कट डेलिसीको प्रतिबद्धता

इनरुवा – थाहा भए अनुसार अमेरिकी राजदुत स्कट एच डेलिसीले नेपाललाई अमेरिकी सहयोग जारी रहने बताएका छन् । नेपाली जनताको विकासका लागि अमेरिक सहयोग सधैं जारी रहने उनले बताएका हुन् ।

 

सुनसरी जिल्लाको कोसी पीडित क्षेत्रमा अमेरिकी सहयोग नियोग युएसएडको सहयोगमा संचालित कार्यक्रमहरुको अनुगमन पछि बिहीबार हरिपुर गाविसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत डेलसीले बिगत दुई वर्षको अवधीमा अमेरिकाले आठ लाख नेपाली जनतालाई सुरक्षित बनाएको बताए ।

 

पुल पुलेसा, बाटोघाटो बनाएर आठ लाख जनतालाई सुरक्षित पारेको डेलिसीको भनाइ छ । श्रीमती सहित कोसी क्षेत्र पुगेका डेलिसीले कुनै पनि बिपती पछि पुर्नस्थापनाको काम सजिलो नभएकाले आफू उत्साही भएर काम गर्न कोसीपीडितहरुलाई आग्रह गरे ।

 कार्यक्रममा सुनसरीका स्थानीय विकास अधिकारी प्रेमप्रसाद भट्टराई र नागरिक समाजका तर्फबाट राजदुत डेलिसीलाई कदर पत्र प्रदान गर्दे सम्मान गरिएको थियो ।