काठमाडौं – अन्लाईन संचारमाध्यमहरुले प्रकासित गरे अनुसार सरकारमा जाने थप मन्त्रीको नाम तय गर्नका लागि आइतबार साँझ बसेको एमाले स्थायी समिति बैठकले पनि मन्त्री छान्न सकेन ।
पार्टी कार्यालय बल्लुमा बसेको बैठकले मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनाललाई दिएको छ । ‘आज मन्त्री छान्न सकिएन,’ बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले सञ्चारकर्मीसित भने, ‘अब अध्यक्षले स्थायी कमिटी सदस्यहरुलाई एक्लाएक्लै छलफल गरेर टुंगो लगाउनुहुने छ ।’
एमालेले बैशाख १४ देखि १६ गतेसम्म केन्द्रीय कमिटीको बैठक बोलाएको छ । गत शुक्रबार बसेको बैठक एजेण्डामै प्रवेश नगरी आइतबारका लागि सारिएको थियो । गठन भएको दुई महिना हुन लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।
एमालेका तर्फबाट यसअघि तीन मन्त्री सहभागी भइसकेका छन् । बाँकी पाँच जना भौगोलिक, आदिवासीरजनजाति, मधेसीरदलितलगायत कोटा मिलाएर पठाउनुपर्ने छ ।
मधेसीबाट रघुवीर महासेठ र सुदूरपश्चिमबाट भानुभक्त जैसीलाई मन्त्रीमा पठाउनेमा नेताहरूबीच करिब सहमति छ । अन्य बाँकी तीन जना क-कसलाई पठाउने भने विवादचाहिँ समाधान भइसकेको छैन ।



