बिबाद चुलिदै/मजदुर विवाद मिलाउन बसेको माओवादी बैठक निष्कर्ष बिहीन

पार्टी भित्र बिबाद चुलिदै जादा एमाओवादी भित्रको बिबाद पार्टीका भात्री मजदुर सगंठन भित्र देखिएको बिबादलाई मिलाउन बसेकोको माओवादीको बैठक निष्कर्ष बिहीन सम्पन्न भएको छ।  


मजदुरको विवाद समाधान गर्न बसेको माओवादी पदाधिकारीको बैठक बिना निष्कर्ष टुंगिएको छ । पार्टी कार्यलयमा कोटेश्वरमा  मंगलबार अपरारन्ह्र बसेको बैठकमा संयोजक तोक्ने बिषयमा कुरा नमिलेको हो ।



बैठकमा मजदुरहरुको संगठनलाई विघटन गरेर राष्ट्रिय सम्मेलनको आयोजना गर्दा कस्लाई संयोजक बनाउने भन्ने विषयमा विवाद केन्द्रीत भएको थियो । बैठकमा माओवादी नेता मोहन बैद्य पक्षकका मजदुर नेता बद्री बजगाइ र डा. बाबुराम भट्टराई प‌क्षका नेता लालध्वज नेम्वाङ्ले सम्मेलनको संयोजक अध्यक्ष पुष्पकमल दाहाल पक्षका मजदुर नेता शालिकराम जमकटेललाई नबनाउन सुझाव दिएका थिए । सहमति जुट्न नसकेकाले बुधबार पुन: बैठक बस्ने भएको छ ।


यसअघि माओवादीको स्थायी समिति बैठकले समानान्तर रुपमा रहेको तीन वटै मजदुर संगठन बिघटन गर्दै राष्ट्रिय सम्मेलनको आयोजक समिति बनाउने निर्णय गरेको थियो।

 

बैठकमा माओवादी अध्यक्ष दाहाल, उपाध्यक्षद्वय भट्टराई र बैद्य लगायतका नेताहरु सहभागी थिए । मंगलबारको बैठक मजदुर विवादमा केन्द्रित भएकाले बुधबारको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली बारे छलफल हुने बताइएको छ।