निर्माणधिन संविधानमा रहेका विवाद समाधान उपसमितिमा माओवादी अध्यक्ष दाहाल नै रहने

माओवादी पदाधिकारी बैठकले बुधबार संबैधानिक सिमितको नयाँ संविधानको विवाद समाधान उपसिमितको संयोजकमा अध्यक्ष पुष्पकमल दाहाललाई नै पठाउने निर्णय गरेको छ ।


यसअघि उक्त उपसिमितका संयोजक रहेका दाहालले कार्यब्यस्तताको कारण भन्दै उपाध्यक्ष तथा संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठलाई उपसमितिमा पठाएका थिए ।


तर, संबैधाननिक समितिका अन्य दलका सभासद्हरुले शीर्ष नेताहरु बिना विवादहरुमा सहमति जुट्न नसक्ने भन्दै विरोध गरेपछि पदाधिकारी बैठकले पुन: दाहाललाई नै पठाउने निर्णय गरेको हो ।


त्यसैगरी माओवादी मजदुरमा देखिएको विवाद समाधानका लागि आयोजना गर्न लागिएको राष्ट्रिय सम्मेलनको संयोजकमा सचिव पोष्टबहादुर बोगटीलाई चयन गरेको छ ।


माओवादी अध्यक्ष दाहाल तथा उपाध्यक्षद्वय मोहन बैद्य र डा. बाबुराम भट्टराई पक्षका मजदुरहरुले समानान्तर संगठन बनाएपछि तीन वटै संगठन बिघटन गरेर ९३ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरिएको हो।


बुधबारको बैठकले पनि सरकारमा जाने मन्त्रीहरुको नाम छान्न सकेन।करिव सय जना आकांक्षी देखिएकाले पनि मन्त्री हुनेहरुको टुङ्गो लगाउन नसकेको हो।उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शनिबार हुने बैठकले टुङ्गोमा पुर्याउने बताए।