शुक्रबार प्रेस युनियन उदयपुरले सदरमुकाम गाईघाटमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले माओवादी जिम्मेवार भए आगामी जेठ १४ भित्रै संबिधान निर्माण गर्न सकिने बताए । उनले माओवादीले चाहेजस्तो सर्बसत्तावादी संबिधान निर्माण भए त्यसलाई कांग्रेसले स्वीकार नगर्ने समेत बताए । उनले भने ‘लोकतान्त्रिक संबिधान समयमै बन्नुपर्छ भन्ने कांग्रेसको मान्यता हो, तर सर्बसत्तावादी संबिधान बने हामी त्यसलाई कदापी स्वीकार गर्न सक्दैनौं ।’
क्यान्टोन्मेन्टमा रहेका लडाकु र हतियारको ब्यबस्थामन नभएसम्म संबिधानको रक्षा हुन नसक्ने उनले बताए । उनले भने ‘संबिधानको रक्षाका निम्ति पनि पहिले शान्ति प्रक्रिया पूर्ण हुनुपर्छ ।’ सरकारले जनताको पैसाको दुरुपयोग गरी शान्ति अभियान नामको कार्यक्रम चलाउन लागेको जानकारी आफूले पाएको बताउँदै उनले भने ‘कांग्रेसले त्यसको बिरोध गर्छ ।’ विश्वबाट तानाशाहहरुको दैनिकजसो पतन भइरहेको उल्लेख गर्दै कोइरालाले यस्तै दम्भ पालिरहे माओवादी पनि पतन हुने निश्चित रहेको वताए ।
नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गीरिजाप्रसाद कोइरालाको बाषिर्क पून्य तिथिको अबसर पारेर नेपाली कांग्रेस उदयपुरले शुक्रबारबाट सुरु गरेको बृहत श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्न सभापति कोइराला यहाँ आएका हुन । पुराणबाट संकलित रकमबाट पार्टी कार्यालयमा गीरिजाप्रसाद स्मृति भवन निर्माण गरिने काग्रेस उदयपुरले जनाएको छ ।



