चैते दशैको अबसरमा गोरखाको गोरखकाली दरबारमा पुजाआजा तथा वलि दिने भक्तजनको घुँईचो


गोरखा  – चैते दशैको अबसरमा गोरखाको गोरखकाली दरबारमा पुजाअजा तथा वलि दिने भक्तजनको घुँईचो लागेको छ ।

दरबारमा रहेको कालीका र गोरखनाथ बाबको मन्दिरमा पुजाअजा गर्न गोरखा, तनहुँ, धादिङ, लमजुङ, स्याङजा, चितवन लगायतका जिल्लाबाट आएका भक्तजनहरुको घुँईचो लागेको दरबार हेरचाह हड्डा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आज चैते अष्टमी भएकाले बोका, रागा, हाँस, कुखुरा, भेडा, सुगुर लगायतका पशुबली चढाउने भत्तजनहरु बढी रहेका छन् ।

अष्टमीका दिन कालिको मन्दिरमा बलिए दिए चिताएको कुरा पुरा हुने धार्मिक मान्यता रहे अनुसार भत्तजनको घुँईचो लागेको हो । दरबार परिसरमा रहेको मन्दिरमा राजा पृथ्वी नारायण शाहको पालादेखिनै वलि चढाउने परम्परा छ । परम्परा अनुसार मन्दिरमा आज सरकारी खर्चमा पञ्चबली दिने तयारी भईरहेको छ ।

कार्यालयले मन्दिर दर्शन गर्न र बलि चढाउन आउनेहरुका लागि ब्यबस्थीत लाईन र कुपनको ब्याबस्था गरेको कार्यालयका नायब शुब्बा गणेश भट्टराईले बताए । साथै चैते दशैको अबसर पारेर तीन दिनका लागि गोरखकालि युवा क्ल्वले दरबार परिसरमा मेलाको आयोजना गरेको छ । मेलामा दर्जन भन्दा बढी स्टलको ब्याबस्था छ ।

क्लवले मेलामा लोक दोहोर, खुल्ला नृत्य प्रतियोगिता, हाडी फुटाई, छेलो, कुखुरा छुने लगायतका प्रतियोगिताहरुको समेत आयोजना गरेको अध्यक्ष प्रदिप योगीले बताए । प्रतियोगिताका बिजेतालाई पुरस्कारको ब्याबस्था समेत गरिएको छ ।


 

 

 

 

 

 

 

 





 

संवैधानिक समितिका सदस्यहरुद्वारा नै जेठ १४ गते कुनै पनि हालतमा संविधान जारी हुन नसक्ने ठोकुवा

 

 

काठमाडौं – संवैधानिक समितिका सदस्यहरुले नै जेठ १४ गते कुनै पनि हालतमा संविधान जारी हुन नसक्ने ठोकुवा गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा संवैधानिक समितिका सदस्यसमेत रहेका विभिन्न दलका सभासदहरुले त्यस्तो ठोकुवा गरेका हुन् ।

एमाले सभासद् सपना प्रधान मल्लले जेठ १४ भित्र संविधान जारी हुन नसक्ने उल्लेख गर्दै अब दलहरुले संविधानको मस्यौदा बनाउने विषयमा सोच्नु पर्ने धारणा राखिन् । उनले संविधान निर्माणको क्रममा विवाद धेरै र समय कम भएकोले पनि संविधान जारी हुन नसक्ने भन्दै खाका बनाउने विषयमा सोच्नुपर्ने बताइन् ।

सभासद् मल्लले संविधानको खाका पनि बनाउन नसकेको अवस्थामा संविधानसभाको म्याद थप्नुको औचित्य नभएको भन्दै खाका बनाए संविधानसभाको म्याद थपे हुने बताइन् । 

माओवादी नेता देवेन्द्र पौडेलले अहिलेको अवस्थामा संविधान जारी हुन नसक्ने बताए । यद्यपि उनले जेठ १४ गते कुनै पनि हालतमा संविधान जारी हुनु पर्ने धारणा राखे । उनले भने, ‘संविधान बनाउनुपर्छ ।  संविधान बन्न नदिन चलखेल भइरहेको छ । त्यसलाई चिर्दै संविधान निर्माणमा लाग्नु पर्छ । दलहरुमा इच्छा शक्ति भए बाँकी ५० दिननै काफी छ ।’

नेपाल कांग्रेसकी नेतृ सुप्रभा घिमिरेले जेठ १४ गते नयाँ संविधान जारी हुने सम्भावना नरहेको भन्दै दलहरुमा इच्छाशक्ति भए सो समयसम्म संविधानको मस्यौदा भने बनाएर संविधानसभाको म्याद थप्नु पर्ने धारणा राखिन् । उनले भनिन्, ‘संविधानमा देखिएको विवाद सुल्झियो भने मस्यौदा भने बन्न सक्छ ।’

दलित जनजाति पार्टीका सभासद् विश्वेन्द्र पासवानले जेठ १४ गते कुनै पनि हालतमा संविधान जारी हुन नसक्ने ठोकुवा गरे । उनले आफूहरुको माग सम्बोधन नभएसम्म संवैधानिक समिति, संविधानसभा र ब्यवस्थापिका संसदको बैठक बस्न नदिने चेतावनी दिदै आइतबारदेखि आफूहरुको आन्दोलन अझै शसक्त बताए ।

स्वतन्त्र सभासद सदरुल हक मियाँले अहिलेकै अवस्थामा निर्धारित समयमा संविधान जारी हुन नसक्ने भन्दै आफूहरुको अनुरोधलाई ठूला दलहरुले बेवास्ता गरेको आरोप लगाए । उनले जनमत संकलन देखिनै ठूला दलहरुले बेइमानी गरेको भन्दै आफूहरुको माग सम्बोधन नगरिए आन्दोलन जारी राख्ने स्पष्ट पारे ।

नेपाः राष्ट्रिय पार्टीका सभासद बुद्धरत्न मानन्धरले संघीयताको विषयमा आफूहरुमो असन्तुष्टि रहेको भन्दै जेठ १४ गतेभित्र संविधान जारी हुन नसक्ने दावी गरे । उनले संघहरु बनाउँदा पहिचानका साथै सार्मथ्यताको आधारलाई अबलम्बन गर्नु पर्ने बताए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चकी सभासद रुक्मिणि चौधरीले जेठ १४ गते संविधान जारी गर्नु पर्ने भन्दै  ठूला दलहरुको नियत हेर्दा संविधान कुनै पनि हालतमा जारी हुन नसक्ने ठोकुवा गरिन उनले आफूहरुको माग पुरा नभएसम्म कुने पनि हालतमा आन्दोलन नरोक्ने स्पष्ट पारिन । उनले भनिन्, ‘दुई थोपा रगत रहेसम्म अधिकार रक्षाको लागि आन्दोलन जारी राख्छौं ।’

राप्रपा नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङ्गले जेठ १४ गते संविधान जारी हुन नसक्ने भन्दै ताजा जनादेशमा जानु पर्ने माग गरे । उनले नेपालको शान्ति प्रक्रिया सुरु भएको १२ बुँदे सहमति नै गलत आधारमा भएको ठोकुवा गर्दै कम्युनिष्ट र प्रजातान्त्रिक विचारबीच समन्वय नभएसम्म संविधान बन्नै नसक्ने बताए ।