
बुधबार बिहान सम्पन्न मतपरिणाम अनुसार वैद्यले ३ सय ७ र प्रतिद्वन्द्वी आजाद श्रेष्ठले २ सय ५३ मत पाए । यसैगरी उपाध्यक्षमा वस्तुगततर्फ प्रदीपजंग पाण्डे, एसोसिएटतर्फ पशुपति मुरारका र जिल्ला नगरतर्फ भवानी राणा विजयी भएकी छन् । पाण्डे भने आजाद समूहका हुन् ।
बैद्य प्रतिद्धन्दी आजाद श्रेष्ठ भन्दा झण्डै २० प्रतिशत मत प्राप्त गरी विजयी भएका हुन् । बैद्यले ५९ . १४ र श्रेष्ठले ४०. ८५ प्रतिशत मत प्राप्त गरेको निर्वाचन अधिकृत गंगाप्रसाद पोखरेलले जानकारी दिए । बैद्य र श्रेष्ठ छु्ट्ट छुट्टै प्यानल सहति प्रतिसपर्धामा उत्रिएका थिए । वरिष्ठ उपाध्यक्ष भने निर्वाचित कार्य समितिले चयन गर्नेछ ।
प्रकाशित मिति: २०६७ चैत्र ३०



