रोल्पा – पश्चिम रोल्पाका अधिकांश गाउँमा लगाइएको गहुवाली, तरकारी लगायतका हिउँदे वाली विहीबार दिउँसो परेको असिनापानीबाट नष्ट भएको छ । वेमौसमी असिनाका कारण किसानले लगाएको बाली नष्ट भएको हो ।
१२ वजेदेखि ३ वजेसम्म लगातार परेको असिनापानीले जुगार, बुढागाउ, गैरीगाउ, ओत, घर्तीगाउ तथा जिनावाङ गाविसका विभिन्न स्थानमा लगाएको अन्न तथा तरकारी वाली नष्ट भएको हो । जुगार गाविस ८ मा परेको असिनापानीले गहू वाली, तरकारी खेती सबै नष्ट भएको त्यहाँका किसानहरुले गुनासो गरे ।
स्थ्ाानीय युवा चेतबहादुर खड्काका अनुसार एक्कासी परेको पानी र असिनाले गाउलेहरुले हिउदे बाली पूर्ण रुपमा गुमाएका छन् । बाली भिर्याउने बेलामा यस्तो विपत्ति आएकाले किसानहरुले सबै सम्पत्ति गुमाएका छन् । आफैले उब्जाएको अन्नवाली असिनापानीले नष्ट भएपछि हिउदेखेतीमा निर्भर कृषकहरु मर्कामा परेका छन् । बेसाहा गरी खानु पर्ने अवस्था आएको उनीहरुले जनाएका छन् । वर्षेनी वेमौसमी प्रकोपले किसानहरुलाई दुःख दिन्छ ।



