कार्यक्रममा बोल्दै नेता ओलीले नेपाली साहित्यका आदिकवी भानुभक्त आचार्यको जन्मथलोलाई साहित्यिक पर्यटकीय गन्तव्यको रुपमा स्थापना गर्न सबै पक्ष एक भएर जुट्नुपर्ने बताए। ‘यो सबैको जिम्मेबारी भएपनि यसका लागि स्थानीय बासिन्दा जागृत हुनुपर्छ’, उनले भने।
भानुभक्त आचार्यको भग्नावशेष जन्मघरको निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। नयाँ पिँढीलाई समेत चुदीरम्घाप्रति आकर्षण गर्नुपर्ने उनको भनाइ थियो।
सोमबारदेखि शुरु पाँच दिने प्रथम भानु साहित्यिक महोत्सवको समापनका अवसरमा सभाषद पासाड शेर्पा, पूर्व सांसद टुकराज सिग्देल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोख्रेल, एमाले पोलिटव्यरो सदस्य काशीनाथ अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए।



