बर्तमान सरकारको विकल्प खोज्नु पर्छ – भण्डारी

– दिनेश थापा

 

सिन्धुपाल्चोक ३ बैशाख ।  नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले बर्तमान सरकारले नयाँ संविधान र शान्ति प्रकि्रयालाई निष्र्कषमा पुर् यान नसके वर्तमान सरकारको विकल्प खोजीने बताएकी छन् । हाम्रो पार्टीका नेता प्रधानमन्त्री छन् भनेर केही गर्न नसक्ने सरकरलाई समातेर आफुहरु जनताको भावनामा कुठारघात नगर्ने भण्डारीका भानाई थियो ।

 

मदन भण्डारी स्पोर्टस एकेडेमी सिन्धुपाल्चोकले शनिबारदेखि आयोजना गरेको साताव्यापी खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन गर्ने मेलम्ची आएकी भण्डारीले घुमाउरो भाषाले नयाँ सरकारको विकल्प खोज्न सुरु गरेको बताइन ।

 

 
माओवादी प्रति आक्रमक देखिएकी भण्डारीले अधिकाशं समय माओवादीलाई आलोचना गर्ने खर्चिएकी थिइन । माओवादी संक्षिप्त संविधान जारी गर्ने षडयन्त्रमा लागेको आरोप लगाउदै उनले माओवादीको यस्तो षडयन्त्र पुरा हुन नदिने बताइन । उनले भनिन्-ु माओवादीहरु संक्षिप्त संविधान जारी गरेर आफ्ना लडाकु र हतियारलाई बैधानिकता दिन खोज्दै छ तर हामी त्यसो भएमा चुप लागेर बस्दैनौ ।

 

सहकर्मी दलहरुप्रति माओवादीले ुचिटिङु गरिरहेको आरोप लगाउदै उपाध्यक्ष भण्डारीले सशस्त्रअस्त्र र फौज राखेर हिड्ने दल संग सहकार्य गरेर जानुको कुनै औचित्य नभएको बताइन । नयाँ संविधान र शान्तिको बाधक माओवादी भएको औल्याउदै उनले क्यान्टोन्मेनको सेना र कन्टेनरको हतियार माओवादीमा छउन्जेल नयाँ संविधान बन्न नसक्ने ठोकुवा गरिन् ।

 

 माओवादी अझै लोकतान्त्रिक पार्टी भइनसकेको बताउदै उपाध्यक्ष भण्डारीले लोकतान्त्रिक राजनीतिक दल संग छुट्टै सेना र हतियार हुन नसक्ने बताइन । गृहमन्त्रालयको विवाद तर्फ संकेत गर्दे भण्डारीले गृहमन्त्रालय शान्ति संग जोडिएकाले गृहमन्त्रालय माओवादीलाई दिन नहुने बताइन । पार्टी अध्यक्ष झलनाथ खनालले गृहमन्त्रालय माओवादीलाई दिनुपर्छ भन्ने धाराणको आलोचना गरिन् ।

 

शान्तिप्रकि्रया एक इन्चपनि अघि बढेन नसकेकोमा चिन्ता व्यक्त गर्दे उपाध्यक्ष भण्डारीले तीन राजनीतिक दलका नेताहरुले ६ सय १ जना सभासदहरुलाई निकम्मा बनाएको बताइन । उनले भनिन् -ुदलका नेताहरुले सुगालाई पिजाँडामा थुने जस्तै गरी थुनेका छन् अनी कसरी संिविधान लेखिन्छ तु । दलका नेताहरुका कारण जनता संग सभासदहरु समेत आलोचना हुन परेको भण्डारीको भनाइ थियो । दलका प्रमुख नेताहरु मिल्ने हो भने तीन दिनमा नयाँ संविधान बन्न सक्ने ृनले ठोकुवा गरिन् ।

 

संविधान सभाले भन्दा अन्य विकल्पबाट पनि नयाँ संविधान लेख्न सकिने भण्डमरीको कथन थियो । संविधान सभाबाछ लेख्ा लोकतान्त्रिक हुन्छ तर संविधान लेख्ने अरु पनि विधि र प्रकि्रया छ भण्डारीले भनिन् । कार्यक्रममा एमाले केन्द्रीय लेखा आयोगका सदस्य सरेश नेपालले माओवादीका कारण मुलुकमा अशान्ति मच्चिएको आरोप लगाए । कार्यक्रममा मदन भण्डारी फाउण्डेशनका उपाध्यक्ष हिक्मत कार्की लगायतले बोलेका थिए ।