भौतिक योजना तथा निर्माण मन्त्री टोपवहादुर रायमाझीद्वारा तनहूँको खैरेनीमा रहेको आँवुखैरेनी खानेपानी आयोजनाको उद्घाटन

Photo8

 

– राजेन्द्र न्यौपाने

 

गोरखा वैशाख ३ गते । भौतिक योजना तथा निर्माण मन्त्री टोपवहादुर रायमाझीले जेठ १४ गते संविधान सभाको म्याद सकिने जनाउँदै  शान्ति र संविधानका लागि सम्पुर्ण राज्ानैतिक पाटीहरु एक भई अगाडि वढ्नुपर्ने जनाउनुभयो ।

 

 संविधान निर्माणका लागि नेपालका राजैनैतिक पार्टीहरु संलिन आवश्यक परेको जनाउनुभयो । विचार पार्टी अनेकता भएपनि विकासमा निमार्णमा  एक हुन आग्रह गर्नुभएको छ ।

 

तनहूँको खैरेनीमा रहेको  आँवुखैरेनी खानेपानी आयोजनाको उद्घाटन गर्दै शनिवार उक्त कुरा वताउनुभएको हो ।

 

मन्त्री रायमाझीले विकास निर्माणमा एक भई काम गरे सवै काम सभ्भव हुन यो खानेपानी आयोजना नमूना भएको भन्दै पार्टीको आधारमा विकास निर्माणमा झगडा हुन नहुने जनाउनुभयो ।

 

योजना मन्त्रीले ठुला राजनैतिक दलका नेताहरु केन्द्रमा तानातान गरिरहेकाले स्थानिय तहका पार्टी संघ संस्थाले दवाव दिनुपर्ने जनाउनु भयो ।

 

नेता रायमाझीले सवै राजनैतिक दलका नेताहरु एक भई संविधान निर्माणमा लाग्न स्थानीय क्षेत्रवाट दवाव दिनुपर्ने धारणा राख्नुभयो ।

 

पूवै भारतीय सैनिक डोल वहादुर थापाको नेत्रित्वमा निर्माण गरिएको सो खानेपानी आयोजना १ करोड २८ लाख ८५ हजार ४ सय ८१ रुपैयामामा  निर्माण गरिएको भएको जनाईएको छ ।

 

सो खानेपानी आयोजना निर्माणमा कम लातमा धेरै र उपयोगि काम भएको जनाउँदै यस योजनावाट देश विकास निमार्ण गर्न पाठ सिक्नुपर्ने जनाउनुभएको छ।