पश्चिमाञ्चल यातायात व्यवसायी समितीद्धारा चरणवद्ध आन्दोलनको घोषणा

– कृष्ण  खनाल

 

बुटवल र ५ वैशाख  ।   पश्चिमाञ्चल यातायात व्यवसायी समितीद्धारा  मंगलवार देखि लुम्विनी करिडोर क्षेत्रमा लोडिङ वहिस्कार गर्ने भएको छ ।

 

लुम्बिनी ट्रक यातायात व्यवसायी संघको दर्ता खारेजीको माग गर्दै चरणवद्ध आन्दोलन गर्दै आएको सो समितीले नवगठित ट्रक समितीको दर्ता खारेजी गर्न दबाव दिने उदेश्यले चरणवद्ध  आन्दोलनमा उत्रिएको हो । 

 

समितीले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी चरणवद्ध आन्दोलन घोषण गरेको हो ।

 

पत्रकार सम्मेलनमा वोल्दै  पश्चिमााचल यातायात व्यवसायी समितिका अध्यक्ष लोकराज पोखरेलले रुपन्देही जिल्ला प्रशासनले कुनैपनि गतिविधी संचालन नगर्न  लुम्विनी ट्रक यातायात व्यवसायी संघ लाई निर्देशन जारी गरेपनि त्यसको वेवास्ता गदै नवगठित ट्रक व्यवसायी संघले आफ्ना गतिविधी जारी राख्दा समेत प्रसासन मौन रहेकाले आफुहरु आन्दोलनमा उत्रिनुपरेको बताए ।

 

 लुम्बिनी करिडोर क्षेत्र भित्रका उद्योगहरुबाट माल लोड गर्नका लागि  नवगठित ट्रक संघको सिफारिस टोकन लिनुपर्ने  व्यवस्था गर्दा समेत जिल्ला प्रसासन कार्यालयले त्यस्तो कार्य रोक्न कुनै कदम नचाल्नुने त्यसमा प्रसासनको समेत मिलेमतो भएको आसंका पश्चिमााचल यातायात व्यवसायी समितीको छ ।

 

समितिले बैशाख ६ गते लुम्बिनी करिडोरमा लोडिङ बहिस्कार गर्ने ७ गते रुपन्देही जिल्ला लोडिङ बहिस्कार गर्ने र  बैशाख ८ गतेदेखि देशभर  अनिस्चितकालिन लोडिङ बहिस्कार गर्ने  घोषणा गरेको छ ।

 

यता रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले नवगठित ट्रक यातायात व्यवसायी संघ खारेजीको लागि परेको निवेदन  उपर छानविन भइरहेको बताउँदै लोडिङ स्वीकृत गराउने कार्य रोक्न संघलाई पत्रचार गरेको जानकारी दिए । उनका अनुसार लुम्बिनी करिडोरमा लोडिङ स्वीकृती रोक्न सोमबार नै संघलाई पत्राचार गरिसकिएको छ । 

 

लुम्विनी ट्रक यातायात व्यवसायी संघले भने पश्चिमााचल यातायात व्यवसायी समिती ले लोडिङ वहिस्कार गरेपनी यस क्षेत्रमा आपुर्ति व्यवस्था असहज हुन नदिईने दावि गरेको छ ।