बुटवलमा उत्पादन भएका तामाका सामानहरु विदेशमा निर्यात

– कृष्ण खनाल 

 

 बुटवल ५ वैशाख । परम्परागत प्रणलीबाट तयार परीएका  तामाका समागी्रहरुको व्यापार कम हुदै गएको व्यावसायीहरुको गुनासो आईएरहेको वेला  पाल्पा स्थायी घर भई करिव ७ बर्ष अगाडी देखि  बुटवल ९ दिपनगरमा वसोवास गर्ने एक उद्यमीले उत्पादन गरेका तामाका भाडाहरु विदेशमा निर्यात हुदै आएकाछन ।

 

उद्यमी विरबहादुर विश्वकर्मा आफ्ना पुर्खाहरुले  परम्परागत रुपमा तामाको भाँडाहरु बनाउदै आएका उनले वि।स।२०४३  सालबाट पाल्पा जिल्लामा व्यवसायीक रुपमा तामाको भाँडाहरु बनाउन थालेका हुन।

 

उनले अहिले तामाका सजावटको लागी प्रयोग गरीने सामानहरु ब्ानाउदै आएका छन । नेपालमा तामाका सजावटका समानहरुको व्यापार कम मात्रामा हुने गरेको र विदेशमा यस्को माग बढि रहेको उनको भनाई थियो । उनले विदेशि नामका भाडाहरु बनाउने गरेका छन । फा्रसवमास प्लोवर पलट ग्रान्उडवोल लगाएतका फुलहरु सजाउनको लागी प्रयोग गर्ने भाडाहरु बनाउने गरेको बताए । उनले भने – अहिले हामीले उत्पादनन गर्ने गरेका सामाग्रीहरु सजावटको लागी प्रयोग हुने गरेका छन ।  बुटवलमा उत्पादन गरेका सामानहरु अधिकांस युरोप महाद्धिपका विभिन्न  देशहरुमा निर्यात गर्ने गरेका छन ।

 

बुटवलमा उत्पादन गरीएका सामानहरु काठमाण्डौमा मा हस्तकला उत्पादक संघ संग आवद्ध भएर विदेशमा सामान निर्यात गर्ने गरेका छन । हातको माध्यमबाट  तयार गरीएका सजावटका समानहरु क्यानडा अमेरीका जापान जर्मन लगाएत करीव १२ वटा देशमा सप्लाई गर्दै आएका जनाकारी दिए ।

 

तामाका सजावटका समागी्रहरु बनाउन चाहिने कच्चा पदार्थको  तामा लाई उनले  बुटवलको स्थानीय बजारको  अतिरक्त काठमाण्डौ र विराटनगर बाट समेत ल्याउने गरेका छन । आफुलाई के कती मात्रामा माग आएको सोहि आधारमा आम्दानी हुने गरेको बताउने उनले  एक महिनामा करीव १५ हजार देखि २० हजार सम्मको आफुलाई  आम्दानी हुने गरेको बताए । आफुले  उत्पादन गरेका समागीं्रहरु काठमाडौ मा रहेको हस्तकला उत्पादक संघ संग ले किनीदेने र सोहि संस्थाले विदेशमा समान निर्यात गर्दे आएको विश्वकर्माले बताए । उनले अहिले सजावटका समानहरु ब्नाउने कामको लागी १२ जना मानिसहरुलाई रोजगारी दिएको बताए । उनले भने पहिला पाल्पामा रहदा करीव ४२ जना कामदारहरुलाई रोजगारी दिएको थिए अहिले पनी ४२ जना मानिसलाई रोजागारी दिने योजना रहेको छ । व्यापार बाट म सन्तुष्ट छु । दैनिक जिविको पार्जनको बाटो बनेको छ । यसैमा नै सन्तुष्ट छु । उनले परम्परागत प्रणालीमा आफ्नो पेसा सिमीत नराखि व्यवसायीक रुपमा अगाडी बढाउदै जानेहो भने सोचे भन्दा राम्रो आम्दानी गर्ने सकिन्छ ।

 

बुटवल मा उत्पादन भएका  तामा का सजावटका समानहरु  विदेशका विभिन्न मुलुकहरुमा जानेगरेको छ ।