– कृष्ण खनाल
बुटवल ६ बैशाख । यातायात व्यवस्था विभागले बुटवल क्षेत्रमा दुई सिलिन्डर टाटा म्याजीक सवारी साधन सचालन गर्न अनुमती दिएको भन्दै पश्चिम नेपाल बस व्यवसायी सघंले आपत्ती जनाएको छ ।
संघले मंगलवार बुटवलमा पत्रकार सम्मेलन गरि यस क्षेत्रमा टाटा म्याजीक सवारी साधन संचालन गर्ने तयारी प्रति आपत्ति जनाएको हो ।
यातायात व्यवस्था बिभागले बुटवल यातायात व्यवसायी समितिलाइ लुम्बिनी क्षेत्र विकास परियोजना लागु भएका क्षेत्र बाहेक अन्य क्षेत्रमा संचालन गर्न पाउँने गरि टाटा कम्पनीका एसीइ म्याजीक मोडलका २ सिलिण्डरका डिजेल सवारीलाइ भाडामा दर्ता गर्न अनुमति दिएकॊॆ थियो ।
सरकारले काठमान्डौ उपत्यका पोखरा र लुम्बिनीमा समेत दुइ सिलीण्डर सवारी साधन संचालन गर्न बन्देज लगाउदा लगाउदै पनि त्यस विपरीत प्रदुषण मापदण्ड पुरा नगरेका यस्ता सवारी साचालन गर्ने अनुमती दिनुले लुम्बिनी जस्तो पवित्र क्षेत्रको वातावरण संरक्षणमा नकारात्मक प्रभाव पार्ने संघको दावी छ । यस क्षेत्रकै यातायात व्यवसायमा लामो समय देखि एकाधिकार जमाउदै आएको पश्चिम नेपाल वस व्यवसायी संघले यस अघि पनी आफु वाहेको नया यातायात व्यवसायी समिती दर्ता गर्ने देखि सवारी साधन संाचालनमा अवरोध पुर् याउदै आएको थियो ।