काठमाडौ – सभासद्हरु विसेन्द्र पासवान, सदरुल मियाँ हक, रुक्मिनी चौधरी र बुद्धरत्न मानन्धरले लगातार नारावाजी गरी संसद अबरुद्ध गरेपछि मंगलबार संसद स्थागित गरिएको छ । अर्को बैठक शुक्रबारका लागि राखिएको छ ।
उनीहरुले महंगी नियन्त्रण गर्न, हत्या हिंसा अन्त्य गर्न, समावेशी विद्येयक ल्याउन माग गर्दै संसदमा नारावाजी गरेर अबरुद्ध गरेका हुन् ।
यिनै चार सभासद्ले आदिवासी, जनजाति, मद्येसी, दलित, मुस्लिमको मुद्दालाई नयाँ संविधानमा सम्बोधन गर्न माग गर्दै संविधानसभाको संबैधानिक सिमितको बैठक पनि अबरुद्ध गर्दै आएका छन् ।
पासवान नेपाल दलित जनजाति पार्टी, स्वतन्त्र, चौधरी संघीय लोकतान्त्रिक मञ्च र मानन्धर नेपा: पार्टीका सभासद् हुन् ।



