राज्यमन्त्री नियुक्त गरिएकी राधा ज्ञवालीले शपथ नलिएपछि पदमुक्त

काठमाडौ  – राज्यमन्त्री नियुक्त गरिएकी राधा ज्ञवालीले शपथ नलिएपछि प्रधानमन्त्री झलनाथ खनालले उनलाई मंगलबार पदमुक्त गरेका छन् ।

खनालले गत सता ज्ञवालीलाई शिक्षा राज्यमन्त्री नियुक्त गरेका थिए  । एमाले केन्द्रीय सदस्य समेत रहेकी ज्ञवालीले आफूभन्दा कनिष्ठहरू मन्त्री बनेको र आफूलाई अपमानजनक रुपमा राज्यमन्त्री बनाएको भन्दै शपथ लिएकी थिइनन् । खनालले एमालेका तर्फबाट गत साता पाँच मन्त्री र सात राज्यमन्त्री नियुक्त गरेका थिए । ज्ञवालीको ठाउँमा कसलाई नियुक्त गर्ने भन्ने टुंगो लागि नसकेकेको प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले जनाए ।