काठमाण्डौबाट मुग्लिनतर्फ जाँदै गरेको कार त्रिशुली नदीमा खसेर वेपत्ता

धादिङ – पृथ्वीराजमार्गमा पर्ने धादिङको जोगिमारा गाविसको वडा नम्बर ९ ज्यामिरेघाटबाट एउटा कार त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ ।

काठमाण्डौबाट मुग्लिनतर्फजाँदै गरेको रातो रंगको कार मंगलबार अपरान्ह पौने ४ वजे तिर सडकबाट एक सय मिटर तल त्रिशुली नदीमा खसेर हराइरहेको जोगिमारा प्रहरी चौकीले जनाएको छ ।

कारमा कति जना सवार थिए र तीनीहरुको अवस्था के छ भन्ने बारेमा केहि खुल्न सकेको छैन । त्रिशुली नदीमा खसेर हर्राईरहेको कारको खोजि कार्य जारी रहेको  प्रहरीले जनाएको छ ।