काठमाडौ – काँग्रेस सभापति सुशील कोइरालाले रामचन्द्र पौडेललाई उपसभापति र कृष्णप्रसाद सिटौलालाई महामन्त्रीका लागि गरेको प्रस्ताव केन्द्रीय समितिले पारित गरेको छ ।
शुक्रबारको बैठकमा सभापति कोइरालाले राखेको प्रस्तावमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बाहेक अरुले बिरोध गरेनन् ।
बैठक अघि सभापति कोइराला र नेता देउवाबीच भएको छलफलमा बाँकी केन्द्रीय सदस्य र विभाग तथा बोर्डको गठनमा दुवै पक्षकका नेताहरुलाई समेटेर लैजाने सहमति भएपछि पदाधिकारीहरुको मनोनयन सहज भएको हो ।
यसअघि देउवा पक्षका नेताहरु तथा केसी र केन्द्रीय सदस्य गगन थापाले असहमति पछि मनोनयन प्रकृया स्थागित गरिएको थियो ।



