
स्थानीय न्यु यङ्ग स्टार क्लबको समायोजनमा भएको र्यालीमा अमृतगंज, हरिहरपुर, श्रीनगर बैरिया लगायत सिम्रौनगढ क्षेत्रका महिला, शिक्षक, समाजसेवी, छात्र छात्रा र राजनीतिक दल, नागरिक समाज लगायत अन्य स्थानीयवासिन्दाको उल्लेख्य सहभागितामा थियो । र्यालीले सिम्रौनगढ बजार परिक्रमा गर्दै सभामा परिणत थियो ।
र्यालीमा स्वस्फुर्त स्थानीयहरु सहभागी भएका थिए । हातामा पुगी सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्ने अधिकांशले देशमा अराजक गतिविधिहरु बढन नदिन, देश संकटमा फस्न नदिन, आम जनताको अधिकारको सुनिश्चतताका लागि संविधान समय मै जारी गर्न राजनीतिक दल तथा साविधान सभाको ध्यानाकर्षण गराएका थिए । आम नागरिकले संविधान निर्माण गर्न दिएको म्यान्डेडलाई वेवास्ता गर्दै राजनीतिक दलका नेताहरु राजनीतिक अंश बण्डामा लागेको उनीहरुको आरोप थियो ।
सभालाई कांग्रेसका रामनरेश कान्त कुसवाहा, एमालेका गगनदेवप्रसाद कुशवाहा, कृषक सिताराम महतो, महिला अधिकार मञ्चका सितादेवी यादव लगायतले संविधान छिटो ल्याउन संविधान सभा र दलहरुलाई आग्रह गरे । समयमा साविधान जारी गर्नेबारे मन्तव्य व्यक्त गरेको थिए ।



