– रमेशकुमार पौडेल
चितवन – मुलुकका गैंडा पाइने स्थानमा भएको नयाँ गणनाअनुसार ९९ वटा गैंडा बढेका पाइएको छ। जसअनुसार चितवनमा यसअघि ४ सय ८ गैंडा रहेकामा शनिबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार ५ सय ३ पुगेको छ।
यसैगरी बर्दियामा पनि दुई गैंडा बढेको पाइएको छ। यसअघिको गणनामा २२ गैंडा पाइएको यहाँ यस पटक २४ वटा पाइए।
त्यसैगरी शुक्लाफाँटा वन्यजन्तु आरक्षमा यसअघि ५ वटामात्र गैंडा रहेकामा अहिले बढेर ७ वटा पुगेको जानकारी पनि दिइयो।