तिब्बतको खासातर्फ लैजाँदै गरेको १ कन्टेनर रक्त चन्दन बरामद


 

सिन्धुपाल्चोक  – सिन्धुपाल्चोक प्रहरीले तिब्बतको खासातर्फ लैजाँदै गरेको १ कन्टेनर रक्त चन्दन गएराती अरनिको राजमार्गमा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीका अनुसार चामलको वोराले छेकेर ना ३ ख ६९८ नंको कन्टेनरमा राखेर लैजान लागेको ७ सय ५० टन रक्त चन्दन बाह्रविसे-तातोपानी खण्ड सडकको सखुवा भन्ने स्थानबाट वरामत गरेको थियो । 

भक्तपुरको जगातेदेखि काभ्रे र सिन्धुपाल्चोकका नेपाल प्रहरी र सशस्त्रको १ दर्जन पोष्ट पार गर्दै तातोपानी नाकाको नजिक पुगेपछि स्थानीय वासिन्दाले लेनदेनका विषयमा विवाद गरेपछि प्रहरीले जानकारी पाएको थियो । चन्दन मालिकबाट रकम असुल्ने क्रममा विवाद सिर्जना भएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए ।

चन्दन बरामद गर्ने क्रममा प्रहरीले राती ११ वजे सामान्य बल प्रयोग गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार २ सय ३५ मध्ये प्रहरीबाट जोगाउन चन्दनका केही गोलिया पाखामा फालिएको थियो । प्रनाउ रेग्मीका अनुसार चालक फरार छन् भने चन्दनसहितको कन्टेनर जिल्ला वन कार्याललाई वुझाईएको छ ।

चन्दनलाई ७४ वोरा चामल र ९१ वोरा भुजियाको सानसाना वोराले छोपिएको अवस्थामा भेटिएको थियो । चन्दन जान लागेको खबर आएपछि अञ्चल प्रहरी कार्यालय वनेपाका सशस्त्रका वरिष्ठ प्रहरी नायव उपरीक्षक प्रेमबहादुर चन्द, लामोसाँघु क्याम्पका सशस्त्र उपरीक्षक राजु सुवाल तथा प्रनाउ रेग्मी रातीनै घटना स्थल पुगेका थिए ।

प्रहरीका दुई महिनादेखि चन्दन पटक-पटक निकासी भएको अनुमान गरिँदै आएकोमा वरामग गरिएको यो पहिलो पटक हो । यस अघि ०६५ असोजमा १ कन्टेनर चन्दन बरामत भएको थियो । अहिले चिनियाँले खरिद गर्ने चन्दनको मुल्य प्रतिकेजी ७ हजारभन्दा बढी रहेको सम्वद्ध स्रोतले जानाएको छ ।