– कृष्ण खनाल
बुटवल १० वैशाख । नेपाली काङग्रेसकी नेत्री तथा पुर्व उप- प्रधानमन्त्री सुजाता कोईरालाले नेपाली काङग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
रिपोर्टस्र क्लव नेपाल लुम्विनी अचल समन्वय समिती बुटवल द्धारा आज बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा वोल्दै काङग्रेस नेत्री कोईरालाले राष्ट्रिय सहमतीको सरकार अहिलेको अवश्यकता भएको बताउदै यस अघिको माधवनेपाल नेतृत्वको सरकार र बर्तमान झलनाथ खनालको नेतृत्वको सरकारले राष्ट्रिय सहमतीको आकार लिन नसकेकोले काङग्रेस नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार निर्माण गर्नुपर्ने तर्क अगाडी सार्नुभयो ।
थप गरिएको एक बर्षे अवधिमा पनी मुलुकले नया संविधान प्राप्त गर्नै आधार नदेखिएको र शान्ती प्रकि्रया पनी जहाको त्यही रहेकोले बर्तमान सरकारको विकल्पमा काङगे्रस नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार आवश्यकता परेको उहाको दावि थियो ।
शान्तीप्रकि्रया टङ्गोमा पुगेमा एकिकृत माओवादी नेतृत्व अन्र्तराष्ट्रिय जगतमा हिरोहुने र शान्ती प्रकि्रया तार्किक निस्कर्षमा नपुगेमा माओवादीको राजनिती समेत समाप्त हुने दावि गर्दै पुर्व उप परराष्ट्र मन्त्री रहेकी कोईरालाले माओवादी नेतृत्वलाई सो कुरा वुझ्न आग्रह समेत गर्नुभयो ।
सुक्रवारको काङग्रेस केन्द्रिय समितीको बैठकले पदाधिकारी मनोनयन सर्वसम्मतीले पास गर्नुले पार्टि भित्रको आन्तरीक बिवाद समाप्त भएको सन्देश दिएको बताउदै काङग्रेस अव एक ढिक्का भएर अगाडि बढ्ने विचार व्यक्तगर्नुभयो ।
भारतीय विदेश सचिवको नेपाल भ्रमण वारे संाचारकर्मीहरुको जिज्ञासामा पुर्व परराष्ट्र मन्त्री कोईरालाले नेपालले दुई छिमेकी देश विच सन्तुलन कायम गरेर अगाडी बढ्नुपर्ने बताउदै आगामी दिनमा माओवादी नेतृत्व लचिलो भएर प्रस्तुत हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम क्लवका अाचल अध्यक्ष प्रकाश खनालको सभापतित्व र सचिव सुरज भण्डारीको संाचालनमा सम्पन्न भएको थियो ।
– तस्बिरहरु:- कृष्ण खनाल, बुटवल