पुर्व प्रधानमन्त्री तथा एमाले माधवकुमार नेपालद्बारा हचुवाको भरमा संविधानसभाको म्याद थप्न नहुने भनाइ

भक्तपुर – पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हचुवाको भरमा संविधानसभाको म्याद थप्न नहुने बताएका छन्। लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेले ठिमीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले उक्त कुरा बताएका हुन्। उनले ग्यारेन्टी नभएसम्म संविधानसाको भ्याद थप्न नहुने बताए।

 

दलहरुमा विश्वासको कमी र पद लोभका कारण संविधान निर्माण ओझेलमा परेको टिप्पणी गर्दै यस्तो अवस्थामा हचुवाको भरमा संविधानको म्याद थपे ६०१ सभासदलाइ पाल्नु बाहेक अरु केही उपल्व्धी हासिल नहुने जिकिर गरे। तर, सबै एकजुट भएर लाग्ने हो र संविधान निर्माणको ग्यारेन्टी भए म्याद थप गर्न सकिने बताए। पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले शान्ति सुरक्षा र कानुनी राज्यको प्रत्याभूति दिन नसक्ने वर्तमान सरकारको औचित्यता समाप्त भएको बताए।

नेता नेपालले सरकारमा बसेर एकीकृत माओवादीले सत्ताको चरम दुरुपयोग गर्दा पनि एमाले टुलुटुलु हेर्नु बाहेक केही गर्न नसकेकोमा चिन्ता व्यक्त गरे।


अहिले पनि एकीकृत माओवादीका कार्यकर्ताहरुले सर्वसाधारण जनतालाई तर्साउने, धम्की दिने र घरजग्गा कव्जा गर्ने क्रम तिव्र रुपमा बढ्दा पनि सरकारले केही गर्न नसकेकोमा असन्तोष व्यक्त गदै नेता नेपालले माओवादीको अराजक गतिविधि विरुद्ध जनता संघषर्मा उत्रनु पर्ने बताए।