तेह्रथुममा रहेको एक मात्र सामुदायीक रेडियो चट्याङले क्षति पुर्‍याएकाले वन्द

तेह्रथुम – तेह्रथुममा रहेको एक मात्र सामुदायीक रेडियो ‘रेडियो मेन्छ्यायेम्’ को प्रसार सोमवार राति परेको चट्याङले टान्स्फरमरमा क्षति पुगेपछि वन्द भएको छ ।

चट्याङले टान्स्फरमरमा क्षति पुर्‍याएकाले रेडियोको प्रसारण वन्द भएको रेडियोकी स्टेसन म्यानेजर वसुन्धरा सिंजागुले वताइन् । चट्याकाङका कारण रेडियो वन्द हुँदा जिल्लावासी सूचना र मनोरोञ्जनबाट वन्चित भएका छन् ।