काठमाडौं – नेवाः ताम्सालिङ संयुक्त संघर्ष समितिले बुधबार नेवाः ताम्सालिङ बन्द आहृवान गरेको छ । नेवाः ताम्सालिङ भन्नाले उपत्यकासहित सिन्धुपाल्चोक, काभ्रे, रसुवालगायतका जिल्ला पर्दछन् ।
समयमै संविधान निर्माण, आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न तथा संविधानसभाको म्याद थपविरुद्ध बन्द आहृवान गरिएको संघर्ष समितिले जनाएको छ । बन्दको पूर्वसन्ध्यामा नेवाः ताम्सालिङ संयुक्त संघर्ष समितिले मंगलबार साँझ मसाल जुलुस निकालेको थियो ।
यसैबीच बन्द आहृवानकर्ताले एम्बुलेन्स, प्रेस, राष्ट्रसंघ, राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकारवादीका सवारी, रेडक्रम र एम्बुलेन्सलाई भने बन्दमा पनि रोक नलगाउने भएका छन् ।



