संघीयतामा बैदेशिक गन्ध आँउछ:- राष्ट्रिय जनमोर्चा अध्यक्ष

 अर्घाखाँचीडटकम)  पोखरा, १३ बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता नेपालको लागिआवश्यक नभई देश टुक्राउनका लागी उठाईएको बैदेशिक आवाज मात्र भएको बताउनु भएको छ । संघीयताको कारण देशमा जातिय र क्षेत्रीय द्धन्द निम्तने खतरा रहेकोले नेपाली जनताको लागी यो घातक हुने उहाँको दावी छ ।

 

राष्ट्रिय जनमोर्चाको दोश्रो राष्ट्रिय महाधिवेशनको मंगलबार पोखरामा उद्घाटनगर्दै अध्यक्ष केसीले संघियताको सवाल उठाउने पार्टीहरुले देशलाई टुक्राएरविदेशीको हातमा सुम्पन खोजेको आरोप लगाउनुभयो ।