– कृष्ण खनाल
बुटवल १४ । विवादित विषयमा तत्काल गम्भिर छलफला गरी आगामाी जेष्ठ १४ भित्रै आधारभुत अधिकार सहितको संविधान जारी गर्नुपर्ने माग गर्दै मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले आज जिल्ला प्रासासान मार्फत प्रधान मन्त्री समक्ष ज्ञापन पत्र बुझएको छ ।
शान्ती समाज रुपन्देहीका निर्वतमान सभापती हरिश ढकालको नेतृत्वमा गएको शान्ती समाजको टोलिले रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकार पिताम्वर घिमीरेलाई उक्त ज्ञापन पत्र वुझएको हो ।
सहमतीय पद्धती र सहकार्यको मार्गबाट अघिवढ्नुपर्नेमा दलिय तथा व्याक्तीगत स्वार्थमा अल्झिने सत्ता केन्द्रीत राजनतिले शान्ती समाज चिन्तीत भएको समाजका रुपन्देही सभापती गोविन्द खनाल हस्ताक्षरीत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
यसै गरि देशका विभिन्न भागमा हत्या हिसा आक्रमण र विस्फोटका घटनाले सर्वसाधारण नागरीक हरु आितंकत हुन थालेको अपराधीहरुको राजनैतिक संरक्षण र दण्डहिनताले व्यापकता पाईरहेको जनाउदै ज्ञापन पत्रमा विगतमा सहमती गरिएका शान्ती प्रकि्रया संग सम्विन्धीत आयोगको गठनमा देखिएको उदसिनता अन्यान्तै चिन्ताको विषय भएको उल्लेख गरिएको छ ।
शान्ती प्रकि्रया पुर्णतको लागी विगतमा गरीएका सहमती राज्य पुनःसंरचना आयोग बेपत्ता सम्विन्धी आयोग सत्य निरुपण तथा मेलमिलाप आयोग राष्ट्रिय शान्ती तथा पुनःस्थापन आयोग गठन गर्नु पर्ने र द्धन्द कालमा विस्तापितहरुलाई गर्ने एवम कब्जा गरिएका घर जग्गा फिर्ता गर्न तत्काल खोज कदम चाल्न माग गरिएको छ ।
– फोटोहरु: कृष्ण खनाल