जनमुक्ती सेना समयोजन विना शान्ती असंभव: नारायण काजी श्रेष्ठ प्रकाश – (तस्बिर सहित)

– कृष्ण  खनाल

 

बुटवल  १५ वैशाख । एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ  प्रकाश ले  जनमुक्ती सेनाको सम्मानजनक समायोजन बिना मुलुकमा शान्ती कायम हुन नसक्ने बताउनुभएको छ ।

 


 

पाल्पाको दोभान  स्थित दोभान उच्च मा वि को स्वर्ण महोत्सवको आज उद्घाटन  गर्दे माओवादी संसदिय दलका उप – नेता  समेत रहनुभएका  श्रेष्ठले मुलुकलाई निका स दिन सबैदल मिलेर अगाडी बढ्नुको विकल्प नभएको बताउनु भयो ।

 

मुलुकलाई बाह्य हस्तक्षेपबाट जोगाउदै शान्ति र संविधानको लागी राष्ट्रिय सहमती कायम गरी अगाडि बढ्नुपर्नेमा जोड दिदै मुलुकको समस्या प्रति सवै दलका नेताहरु गम्भीरहुन आग्रह समेत गर्नुभयो ।

 


 

मुलुकको अवस्था अत्यन्तै कठिन मोडमा पुगेको बताउदै उपाध्यक्ष श्रेष्ठले अहिले एक अर्को  दल प्रति  आरोप प्रत्यारोप  संका उप -संका  गर्ने भन्दा पनी जनआन्दोलन २०६२ र ०६३ का  शक्तिहरु कम्तीमा पनी संविधान निर्माण गर्दा सम्म एक जुट हुनुर्पे आवश्यकता औल्याउनु भयो ।

 


 

संविधान सभालाई विघटन गर्ने षडयन्त्र भईरहेको बताउदै उहाले उक्त षडयन्त्रलाई असफल पारेर म्याद थप गरेरै भए  पनी संविधान सभाबाट संविधान जारी गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

 

नेपाली सेनाप्रती नरम रुपमा प्रस्तुत हुनुभएका श्रेष्ठले नेपाली सेनालाई लोकतान्त्रीकरण हुन नदिई आफ्नो ढालको रुपमा प्रयोग गर्ने  र  जनमुक्ति सेनालाई राष्ट्रिय सेनामा समयोजन हुन नदिने प्रवृतीका कारण सेना समायोजन हुन  नसकेको दावि गर्नुभयो ।

 


 

कार्यक्रममा नेपाली काङग्रेसका केन्द्रिय  सदश्य   राजन प्रसाद पन्त  एमाले पाल्पाका नेता धनेन्द्रराज घिमीरे  एकिकृत नेकपा माओवादीका जिल्ला ईन्चार्ज बसन्त शर्मा कुशल जिल्ला शिक्षा कार्यालय पाल्पाका  उप -सचिव मनोज गैरे  लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको  थियो ।

 

 

तस्बिरहरु: – कृष्ण  खनाल