कोरिया जाने भर्ने फारम अव बुटवलबाट पाईने

– कृष्ण खनाल

 

बुटवल १६ वैशाख  ।  नेपाल स्थित ई पि एस सेन्टरका निर्देशक कीम बेईङ्ग च्वाईन पषष दथभयलन अजभयल  ले दक्षण कोरियामा रोजगारीका लागी जान लिईने भाषा परिक्षा लाई थप व्यवस्थीत र मर्यादित बनाउनुपर्ने कुरामा जोड दिनुभएको छ । 

 

 

 

रिपोर्टस्र क्लव नेपाल लुम्विनी अाचल संमनय समिती बुटवलद्धारा आज बुटवलमा आयोजीत साक्षत्कार कार्यक्रममा बोल्दै निर्देशक च्वाईनले उक्त कुरामा जोड दिनुभएको हो । 

 

  परिक्षार्थिहरुको सुविधालाई ध्यानमा राखि यसपटक राजधानी वाहिरपनी आवेदन फारम भर्ने व्यवस्थागरिएको बताउर्दे उहाले आगामी दिनमा परिक्षा राजधानी वाहिर पनी संाचालन गर्न आफु सकारात्मक भएको जनाकारी दिनुभयो । 

 

 


दक्षीण कोरियाले अहिले सम्म विभिन्न निर्माण कम्पनीहरुसंग सम्वन्धित कामदारहरुमात्रै कोरियामा लैजाने गरेको भए पनी आगामी दिनमा दक्ष कामदार समेत लैजानका लागी आफुले पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

 
दैनिक आठ घण्टा काम गर्ने कामदारले कम्तीमा नेपाली ६० हजार रुपैया पारिश्रमीक पाउने र सो भन्दा बढि समय काम गर्ने कामदारले थप रकम प्राप्त गर्ने जानाकारी समेत दिनुभयो । 

 

   सुरुमा कामदारले तिन  बर्ष अवधी कोरियामा काम गर्ने अनुमती पाउने भएपनी कामदार र रोजगारदाता कम्पनी विचको  सहमतीमा ४ बर्ष १० महिना  सम्म काम गर्न सकिने व्यवस्था रहेको बताउनुभयो ।

 

कार्यक्रममा निर्देशक च्वाईनका दोभासे शिवप्रसाद पोखरेल नेपाल कोरिया विकास परिषद रुपन्देहीका अध्यक्ष गम्भीर गुरुङ कोषाध्यक्ष बसन्त श्रेष्ठ लगाएतले आगामी  वैशाख  १९ २० र २१ गते फारम भर्ने म्याद रहेकाले सुरुको दिनमा नजिकका जिल्लाहरुबाट परिक्षार्थिहरु नआउन अनुरोध समेत गर्नुभएको थियो । 

 

 कार्यक्रम क्वलका अाचल अध्यक्ष प्रकाश खनालको सभापतित्व र सचिव सुरज भण्डारीको संाचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 


तस्बिरहरु: – कृष्ण  खनाल